पाहुना लाग्न गएका ६० वर्षीय बुढाथोकीको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

पाहुना लाग्न गएका ६० वर्षीय बुढाथोकीको हत्या, ८१ वर्षे वृद्ध पक्राउ


मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको छ ।
उनको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ परेको छ । प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

केही दिनयता मृतक बुढाथोको घरमा बस्दै आएका भुजेल र बुढाथो दुबैलेसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

[email-subscribers-form id="2"]
TOP