
पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो । पोखराको हेमजाबाट १ जना र पोखरा–३० पावर हाउसबाट २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१ का आशिष अर्याल, पोखरा काहुँखोलाका अनिश खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका –८ का एक किशोर रहेका छन् ।
पक्राउ परेका आशिष अर्यालको साथबाट डाईजापाम–६५, फेनारगन– ६८ र नुर्फिन –७३ एम्पुल बरामद भएको छ । त्यसैगरी अनिश खत्रीको साथबाट डाईजापाम –१५, फेनारगन –१५ एम्पुल र नुर्फिन–१५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बागलुङ जिल्ला, बागलुङ नगरपालिका –८ बस्ने १७ वर्षीय एक किशोरको साथबाट डाईजापाम– ३२, फेनारगन –३२ र नुर्फिन– ३२ एम्पुल बरामद भएको छ। पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसुरमा ५ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको डिएसपी तिवारीले बताए ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि