सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चल्यो, आधा दर्जन घाइते

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चल्यो, आधा दर्जन घाइते

पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्।
प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन्।
घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिए।

प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

‘हामीले पटक पटक आग्रह गर्दा पनि उनीहरूले सडक अवरूद्ध खोलेनन्। उल्टै प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो’, बस्नेतले भने,‘उनीहरूले ढुङ्गा मुडा गरी पेट्रोल भरिएको बोतल प्रहरीतर्फ प्रहार गरेका थिए। जवाफमा भिड नियन्त्रणमा लिन प्रहरीले ४ शेल रबर बुलेट र ११ शेल अश्रु ग्यास गरेको छ।’

[email-subscribers-form id="2"]
TOP