सुनचाँदीको मूल्य उकालो लाग्यो

सुनचाँदीको मूल्य उकालो लाग्यो

सुनचाँदीको मूल्य उकालो लागेको छ । मंसिर ६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन चाँदी तोलामा १५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २६० रुपैयाँ कायम रहेको थियो ।

[email-subscribers-form id="2"]
TOP