सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

बिहीबार सुनको मूल्य वृद्धि भएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री हुँदैछ । मंसिर १ गते बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँ कारोबार भएको थियो।

यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको छ ।