बीमा समितिले उत्पादनमा आधारित कफी बीमालेख जारी गरेको छ । कफी खेतिमा हुन सक्ने संभावित क्षति वा जोखिमको रक्षावरण गर्न समितिले कफी बीमालेख जारी गरेको जनाएको छ ।
समितिले जारी गरेको कफी बीमालेख अनुसार कफी खेतीमा अग्नीजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भुमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट भएको क्षति र रोग तथा किराजन्य क्षतिको रक्षावरण हुनेछ ।
यस्तै बीमा अवधि भित्र बीमित (किसान) को दुर्घटनाबाट मृत्यु भएका बीमांकको अतिरिक्त दुर्घटना बीमापावत बीमांक रकम २ लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्नेछ । तर यस्तो सेवा पाउन बीमितले दुर्घटना बीमा वापत पाँच सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
कफि खेतीमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने, अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने समितिले जनाएको छ ।
यस्तै विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम तथा अन्य बीमामा जस्तै युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षति पनि जोखिम बहन नहुने बीमालेखमा उल्लेख छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि