सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । कार्तिक ७ गते, आइतबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको छ ।
साताको पहिलो कारोबार दिन तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार भने चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि