नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर

नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर

नेपाल प्रहरीले विभिन्न पदमा करिब ६०० संख्यामा नयाँ भर्ना गर्ने भएको छ।

जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो।
प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग गरिएको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ।

प्रहरी सहायक निरीक्षकका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। प्रहरी जवानका लागि एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

[email-subscribers-form id="2"]
TOP