सरकारले ल्याएको बजेट रोकिँदैन: मन्त्री कार्की

सरकारले ल्याएको बजेट रोकिँदैन: मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिए ।

उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए ।

एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नुहुँदैन भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिए ।

[email-subscribers-form id="2"]
TOP