लायन्स क्लब इन्टरनेशनलद्धारा बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री वितरण

लायन्स क्लब इन्टरनेशनलद्धारा बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री वितरण

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘ए वन’ को सेवा सप्ताहा (जुलाई १–जुलाई ७) अन्तर्गतका कार्यक्रमहरु सम्पन्न भएका छन् । उक्त कार्यक्रमहरु आर्थिक, सामाजिक र उत्पीडनमा परेकाको सेवाभावमा सर्मपीत थिए । उक्त कार्यक्रम असार १७ गतेबाट सुरु भई २३ गते सम्पन्न भएको छ। समापनमा “सुनौलो पाइला” नामक बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री उपलब्ध गराइएको छ।

सक्रीय जोन चियर पर्सन लायन प्रदीप सत्यालले जानाकारी दिए अनुसार कार्यक्रमको समापनसँगै २३ गते इम्प्याक्ट एरिया (१५) का ५३ वटा क्लबले संयुक्त रुपमा गोकर्ण स्थित “सुनौलो पाइला” नामक बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री उपलब्ध गराइएको थियो । सामग्री डिस्ट्रीक्ट गभर्नर रेवत कार्कीको प्रमुख आतिथ्यमा वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर रेवत कार्कीले लायनको उदेश्य नै सेवा भएकाले लायनवादलाई आत्मसात गरेर निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रम लायन लिडर सुदर्शन आचार्यको विशेष पहल र एरिया प्रवक्ता प्रेम चुडाल (निसान)को सक्रियतामा भएको थियो । कार्यक्रममा इम्पायक्ट चिफ रसु रिजाल र एरिया अन्तगर्तका क्लब प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लायन लिडर आचार्यले सुनौलो पाइलामा लायनको यो पहिलो पाइला भएपनि अब अटुट सम्बन्ध स्थापित भएको बताउनु भयो । उक्त अवसरमा सुनौलो पाइला नेपालकी अध्यक्ष रोज बिष्टले धन्यवाद ज्ञापन गर्दै अप्ठ्यारो परिस्थितिमा पनि लायन्सहरुको निरन्तर सक्रियताको खुलेर प्रशंसासमेत गर्नु भयो ।

[email-subscribers-form id="2"]
TOP