
धनगढी । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा आफ्नै १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय बुवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं २ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन् ।
‘जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो,’ प्र.ना.उ. विस्टले भने, ‘सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुल्न आएको छ ।’
प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार, मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको हो । मृतकका बुवालाई पक्राउ गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्दै थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।
-इकागजवाट ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
१ महिना अगाडि
१ महिना अगाडि
३ वर्ष अगाडि