यूवा नेता बच्चन सिंहको आक्रोस: दिपक मनाङ्गेलाई धुलो चटाउन एक मिनेट लाग्दैन

यूवा नेता बच्चन सिंहको आक्रोस: दिपक मनाङ्गेलाई धुलो चटाउन एक मिनेट लाग्दैन

गण्डकी प्रदेशका भौतिक योजना मन्त्री एवम डन राजीव गुरुङ (दिपक मनागें) तिर लक्षित गर्दै नेकपा एमालेका यूवा नेता बच्चनबहादुर सिंहले कडा अभिव्यक्ती दिनु भएको छ । पछिल्लो समय गण्डकी प्रदेशका यि मन्त्रीले नेपालका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिब रमेश सिलवालविरुद्ध अशिष्ट अभिव्यक्ती दिईरहेको सन्दर्भ जोडेर नेता सिंहले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँको प्रतिक्रिया जस्ताको तस्तैः

विगत केही दिनदेखि टपरे गुन्डा दिपक मनाङ्गे उर्फ गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री कहलिएका राजिव गुरुङले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालका बारेमा अभिव्यक्ति स्वतन्त्रताको नमामा गुन्डा शैलीमा जे बोलिरहेका छन,निक्कै खेद्जनक छ।

नामुद डाकु रत्नाकर त वाल्मीकि बने भने टोले गुन्डा मनाङ्गे पनि सुध्रिने मौका दिदै एमालेको मत लिएर गण्डकी प्रदेश सभा सदस्य बने। तर १२बर्ष कुकुरको पुच्छर ढुङ्गामा बाधे पनि बाङ्गाको बाङ्गैु भने झै, मनाङ्गे गुण्डाको सुध्रिने छाट छैन। फोहोरी संसदीय अभ्यासका कारण गण्डकी प्रदेशमा मन्त्री बनेर हौसिएका टोले गुण्डा मनाङ्गेलाई लागेको होला ‘म मन्त्री भै सके, जे बोले/गरे पनि हुन्छ। मनाङ्गेलाइ स्मरण होस, कुनै बेला अफ्ताब आलम पनि यो देशको मन्त्री भएकै हुन,संजय टक्ला सान्सद भएकै हुन अन्ततोगत्वा उनिहरु आज जेलको चिसो छिडिमा छन।

hon.dipak manage

तिम्रो अभिव्यक्ति निन्दनीय र घोर आपत्तीजनक मात्र छैन स्वयं तिम्रा लागि खतराको घन्टी हो भन्ने हेक्का राख। राणा शासन,पन्चायत, शाही कु र वाइसियल को ज्याद्वती बिरुद्ध लडेर तिनीहरुलाई धुलो चटाएको एमालेको युवा पङती तिमी जस्ता टपरे गुण्डालाइ तिम्रो औकात देखाउन एक मिनेट पनि लाग्ने छैन।

सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र खेलकुद परिषदका सदस्य-सचिब बिरुद्धको तिम्रो अभिब्यक्तिले कुनै ब्यक्ति माथिको टिप्पणी होइन हाम्रो पार्टी,बिचार र सङ्गठन माथीको अपमान र प्रहार हो जसले सिङ्गो एमाले जनहरुलाइ आक्रोशित तुल्याएको छ। ए मनाङ्गे,तिम्रो यहि ताल हो भने याद राख, तिम्रो गर्धन समातेर कानूनी कठघराको चिसो चिडिमा तिम्रो बसाइ निस्चय छ, झण्डाबाल गाडी होइन। जेलमा बस्न झिटीझमटा तयार गर्दै गर वा एमाले युवा पङ्तिको भाटे कारबाही खान मनस्थिति तयार पार्दै गर। कुन रोज्छौ ? तिम्रो आफ्नो इच्छा।

[email-subscribers-form id="2"]
TOP