अर्थतन्त्र जोगाउन भएपनि लकडाउन गर्न हुँदैनः परराष्ट्र मन्त्री

अर्थतन्त्र जोगाउन भएपनि लकडाउन गर्न हुँदैनः परराष्ट्र मन्त्री

काठमाडौं । नेकपा एमालेका प्रवक्ता एवम परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको अर्थतन्त्र जोगाउन लकडाउन गर्न नहुने तर्क प्रस्तुत गर्नु भएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजनक कमिटीको तेस्रो बैठकको समापन कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले यस्तो बताउनु भएको हो ।

आइतबार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकमा विशेषतः देशभर कोभिड–१९ संक्रमण तथा उच्च जोखिम बढेकोले त्यसको रोकथाम तथा न्यूनीकरणका लागि छलफल भएको पनि ज्ञवालीले बताउनु भएको छ ।

गत वर्ष झन्डै ९ महिना लकडाउन भएकै कारण अर्थतन्त्र धरासायी भएको छ । यसका कारण देशको अर्थतन्त्र माथि उठ्न नसकेको भन्दै प्रवक्ता ज्ञवालीले अब उप्रान्त लकडाउन गर्न नहुने भन्नु भएको छ।

उहाँका अनुसार लकडाउनकै कारण अर्थतन्त्र धरासायी भएको छ । जसको प्रभावका कारण लकडाउन हुँदैन । कोभिडबाट जोगिनका लागि नागरिक आफै सचेत हुन जरुरी छ ।

छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकमा पनि कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएको छ । यसको रोकथामका लागि देशका सबै नागरिक आआफ्नो स्वास्थ्य सतर्ककताको मापदण्ड पालना गर्नसके लकडाउन गर्नु नपर्ने उहाँको तर्क छ ।

बैठकले सबै केन्द्रीय सदस्य र मातहतका कमिटीहरुलाई कोभिड नियन्त्रणमा जुट्न निर्देशन दिएको छ । जिल्ला कमिटीहरू, जनप्रतिनिधिहरू सबैले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्न, विदेशबाट आएका वा संक्रमणको सम्भाव्य जोखिममा रहेका साथीहरुलाई क्वारेन्टिनमा राख्न, त्यस्तो क्वारेन्टिन बनाउनको निम्ति स्थानीय तहसँग समन्वय गर्न र गाउँ–गाउँमा जागरण अभियान चलाउनसमेत भनेको छ।

[email-subscribers-form id="2"]
TOP