पाँच वर्षे यमुनाको दुखः अनुहारमा ट्युमर, आमाले छाडेर गइन, बाबा वेपत्ता भयो
यी बालिका हुन् कैलाली जिल्लाको वार्दगोरिया गाउँपालिकाका यमुना वली । उनको उमेर भर्खर पाँचवर्षको मात्रै भयो । तर उनले पाँचवर्षको उमेर भोग्नुपरेको जिन्दगीको वियोगान्त कथा निकै हृदयविदारक छ । उनको जीवन यतिवेला मृत्युभन्दा कठिन बनिरहेको छ ।
उनको अनुहार राम्रो थियो । देख्नेहरुले भन्थे कति क्युट नानी । तर उनको जीवन मानिसहरुले देखेजस्तो भएन । उनको सुन्दर अनुहारमा ट्युमर पलाएको छ ।
यमुनाको कलिलो र निर्दोष अनुहारमा ट्युमरको डल्लो पलाएको छ, त्यसको समयमै उपचार नगर्ने हो भने जे पनि हुनसक्छ । जीवन र मरणको दोसाधमा उभिएकी यी अभागी नानीको यहीवेला साहराको रुपमा न आमा छिन न त बाबा नै । निष्ठुरी आमाले यहीवोला उनलाई छाडेर अर्कैसँग विवाह गरेर गइन । बाबा वेपत्ता छन् । ठूली आमा उनको सहारा बनेकी छिन् । तर यमुनालाई बाँच्न अब ठूलीआमाको सहराले मात्र नपुग्ने भएको छ । उनलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्नुछ ।
ट्युमर डरलाग्दो बन्दै गएको छ । ठूलीआमासँग उपचार गर्ने पैसा छैन । समयमै उपचार नहुने हो भने यमुनालाई जे पनि हुन सक्छ । उनको ज्यान निकै जोखिममा छ ।
अब यमुनाको जीवनको रक्षा गर्नु हामी सम्पूर्णको जिम्मेवारी बन्न पुगेको छ । पैसाकै अभावका कारण, उपचार नपाएकै कारण यमुननले मर्न नपरोस ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि