सुनको मूल्यमा सामान्य गिरावट, तोलामा एक हजार रुपैयाँ सस्तो

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा एक हजार रुपैयाँ सस्तो

काठमाडौँ । हिन्दुहरुको महान चार्ड दसैँपछि नेपालको सुनचाँदी बजार खुलेको छ।

बजार खुले पछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

[email-subscribers-form id="2"]
TOP