
काठमाडौं । कोरना महामारीको बिचमा समेत दशैं मनाउन करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । दशैंको टीकाको दिनसम्म फर्किने नेपालीहरुको संख्या २५ हजार नाघ्ने अनुमान छ । एक सातामा नेपाल फर्किने नेपालीको संख्या २० हजार १८ जना रहेको छ ।
मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्की लगायतका देशबाट फर्किने अधिकांश श्रमिकहरु नै हुन् । धेरैजसोले रोजगारी गुमाएका छन् ।
सामान्य अवस्थामा प्रमुख श्रम गन्तव्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दशैंमा घर आइपुग्न चाहन्थे । अहिले फर्किनेमा अधिकांश रोजगारी गुमाएर फर्किएका श्रमिकहरु रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव बताउँछन् ।
कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिकले दशैंमा घर विदामा आउने योजनामा बनाएनन् । त्यसमाथि नियमित उडान संख्या घटेकाले टिकट सजिलै नपाइने र नेपालमा पनि लगातार महामारी बढेकाले धेरै श्रमिकले विदेशमै दशैं मान्ने निर्णय गरेका छन् ।
लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु दशैं मान्न घर आइपुग्न पाए हुन्थ्यो भन्ने सोचमा भएपनि कतिले सस्तो टिकट पाउन सकेका छैनन् ।
सरकारले मलेसियासहित खाडीका सबै गन्तव्यमा नियमित उडान खोलिसकेको छ । दैनिक कोटा हटाएर नियमित उडान खोलेपछि अलपत्र परेका धेरै नेपाली फर्किसकेका छन् ।
नियमित उडान खुलेपछि घर फर्किन इच्छुकहरुले टिकट काटेका छन् । अहिले समस्यामा परेकाहरुलाई स्वदेश फर्किन दूतावासमा प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने अवस्था छैन ।
सरकारले भदौ १६ गतेबाट शर्तसहित नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलेको थियो । त्यतिबेलैदेखि ७२ घण्टाको पीसीआर परीक्षण गरेर आएमा सीधै घर जान पाइने नियम ल्याइएको छ ।
पीसीआर नगरेका यात्रु बोकेको विमानमा आए होटलमा ७ दिन क्वारिन्टन बसेर घरमा १४ दिन होम क्वारिन्टिन बस्नुपर्ने नियम छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि