कोभिड संक्रमित नेकपा सचेत शान्ता चौधरीलाई आइसियुमा सारियो

कोभिड संक्रमित नेकपा सचेत शान्ता चौधरीलाई आइसियुमा सारियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। लक्षणसहितको कोरोना संक्रमणसँग लडिरहेको छ ।

वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो।

२०७१ सालमा शान्तालाई स्तन क्यान्सर भएको थियो। क्यान्सर जस्तो जटिल रोगलाई जितेकी शान्तालाई पछिल्लो समय दमले च्यापेको थियो। वीर कोभिड अस्पतालमा भर्ना भएपछि यही २० गते उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन्। उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिएका छन्।