प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी प्रदेशसभाबाट पारित

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी प्रदेशसभाबाट पारित

काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।

अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।

प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको छ।

मतदानमा ८३ जना उपस्थित थिए।

२०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो।

संविधानको धारा २८८ ९२० मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ। भनिएको छ( यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।

त्यस्तै, धारा २९५ ९२० मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था गरिएको छ।

[email-subscribers-form id="2"]
TOP