
काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएको छ । आज अनसनको १९ दिन हो । उनको पक्षमा दिनहुँ जनसमर्थन बढिरहेको छ । सरकारले भने मौनता साँधिरहेको छ ।
डा.गोविन्द केसीको १९औं पल्टकोआमरण अनशन हो । सरकारले डा.केसीका प्रायः अनशनलाई सम्झौता गरेर टुंग्याउने गरेको छ तर सम्झौता कार्यान्वयन नभएपछि उनी फेरि अनशन बस्न बाध्य हुने गरेका छन् । डा। केसीले विज्ञप्तिमार्फत यस सवालमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । अवकाशपूर्व गत वर्ष असोज ८ मा उनले विज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा ऐनमा सम्झौता उल्लंघन गरेर विद्यार्थी र जनतामुखी नभई माफियामुखी प्रावधान राखिएको भनी टिप्पणी गरेका थिए । उक्त विज्ञप्तिमा पनि उनले अहिलेकै अनशनको मुख्य मागका रूपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रमको पठनपाठन सुरु गर्नुपर्ने र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पुर्याउन पहल थाल्नुपर्ने उल्लेख गरेका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि