
काठमाडौं । कोरना महामारीको कारणले लामो समय देखि बन्द रहेको सिभिल मल सोमबारदेखि खुलेको छ । ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मल ग्राहकहरुको लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो। मल व्यवस्थापन समितिले सुरक्षित तरिकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले जानकारी दिए । ठकुरीकाअनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा प्रवेश गर्नुपर्नेछ। उनीहरुले मलमा प्रवेश गर्नुअघि सेनिटाइजर लगाएर तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न पाइनेछ।
मल खुल्नुअघि र मल बन्द भएपछि हरेक दिन डिसइन्फेक्ट गरिरहेको व्यवस्थापन समितिले जनाएको छ । मलले सामाजिक दूरी कायम गर्न–गराउन विभिन्न ठाउँमा ‘मार्क’ गरिएको छ। त्यस्तै मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ । खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजिनिक टेक अवे प्रणालीको व्यवस्था गरेको ठकुरीले बताए । प्रत्येक स्टोर प्रबन्धकले अनिवार्य रूपमा आफ्नो कर्मचारीलाई पुनः प्रयोग गर्न मिल्ने तथा सर्जिकल मास्कको व्यवस्था गर्नुपर्नेछ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि