अवैध नेटवर्किङ धन्दा मार्फत ठगी भईरहेको भन्दै २१ कम्पनी सहित ५० व्यक्तिमाथि अनुसन्धान गर्न सिआइबीलाई पत्र

अवैध नेटवर्किङ धन्दा मार्फत ठगी भईरहेको भन्दै २१ कम्पनी सहित ५० व्यक्तिमाथि अनुसन्धान गर्न सिआइबीलाई पत्र

काठमाडौं । अवैध नेटवर्किङ धन्दा मार्फत ठगी भईरहेको भन्दै २१ कम्पनी सहित ५० व्यक्तिमाथि अनुसन्धान गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लाई पत्र काटेको छ।

काठमाडौ उपत्यकाका तीन जिल्ला र झापालगायत तराईका केही जिल्लाबाट नेटवर्किङबाट ठगीमा परेको भन्दै उजुरी आएकोमा अनुसन्धान प्रकृया अगाडि बढाउन विभागले पत्र काटेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

यी कम्पनी तथा व्यक्तिहरुले गरिरहेको अवैध धन्दामा नेपालका ६ वटा कानुन आकर्षित हुने देखिएको निर्देशक समितिका विज्ञ सदस्य डिमप्रकाश पौडेल बताउँछन। उनका अनुसार अहिले सिआईबीलाई अनुसन्धानका लागि लेखि पठाएका कम्पनीले इजाजत बिनै वस्तुको प्रत्यक्ष बिक्री वितरण गरेको, अनलाईन बिजनेस मेम्बरसिप र अनलाईन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको देखिएको छ। यसरी हेर्दा वाणिज्य विभागमात्र नभई आयकर तथा आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकले पनि यस विषयमा थप अनुसन्धान गर्न सक्ने उनको भनाइ छ।

‘यी कम्पनी र व्यक्तिहरुले नेपालमा पैसा जम्मा गरेर क्रिप्टोकरेन्सीको पेमेन्ट दुबई, कतार, मलेसिया, अमेरिकालगायत मुलुकबाट भईरहेको देखिएको छ। अझ योभन्दा अझै ठूलो संख्यामा घर–घरमै पुग्ने गिरोह छ भन्ने जानकारीहरु आईरहेका छन्,’ पौडेलले भने।

[email-subscribers-form id="2"]
TOP