प्याजमा किलोको ८० रुपैयाँ सहुलियत पाएपछि थापाथलीमा लाइन

काठमाडौं । सहुलियत मूल्यमा प्याज किन्न खाद्य व्यवस्था तथा बजार कम्पनीमा उपभोक्ताको भिड लागेको छ ।

केही दिन अघि बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।

बजारमा अहिले प्याजको खुद्रा मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् ।

सरकारी कम्पनीबाट प्याज खरिद गर्दा उपभोक्ताले बजार मूल्यको तुलनामा दुई सय चालिस रुपैयाँ बचत गर्छन् । अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।

बागमती प्रदेश बिक्री केन्द्रको प्रमुख रणबहादुर बुढोथाकीले प्रति व्यक्ति बढीमा ३ किलोसम्म प्याज किन्न पाउने बताएका छन् । बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा प्याज बिक्री गर्न थालेपछि उपभोक्ताहरु लाइन बसेर पनि किनिरहेका छन् ।

[email-subscribers-form id="2"]
TOP