
काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।
राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बुधबार बेलुका साढे चार बजे सोही स्थानमा पहिरो खसेको थियो । पहिरो पन्छाएपछि बेलुका ७ बजेदेखि यातायात सुचारु भए पनि राति पुनः पहिरो गरेर अवरुद्ध भएको हो ।
यसैगरी पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा आएको होे । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।
राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बुधबार बेलुका साढे चार बजे सोही स्थानमा पहिरो खसेको थियो । पहिरो पन्छाएपछि बेलुका ७ बजेदेखि यातायात सुचारु भए पनि राति पुनः पहिरो गरेर अवरुद्ध भएको हो ।
यसैगरी पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा आएको होे । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि