
७ असोज, काठमाडौं । सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले हुम्लाको लिमी उपत्यका नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्रीले सरकारको धारणा सार्वजनिक गरेका हुन् ।
मन्त्रालयका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो ।
चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० चिरन्जीवी गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गरेर फर्केको छ ।
प्रजिअ नेतृत्वको टोलीमा अनुगमन गरेर फर्केका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ अधिकारीहरूले ‘त्यो भूमि हाम्रो हो, तपाईहरूको केही कुरा भए सीमानामा गरौंला’ भनेका थिए ।
२०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताएका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि