
काठमाडौं । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोराशैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। साह सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख हुन ।
मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा। रामदेव चौधरीलले जानकारी दिए।
उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ।
नगर प्रमुख साहसँगै उनको ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि