
काठमाडौं । कोरना महामारीको कारण थलिएको पर्यटन क्षेत्र उकास्न नीजि क्षेत्र जुर्मुराएको छ । सरकारले आन्तरिक उडान खुला गरेसँगै नीजि क्षेत्रबाट सञ्चालित वायुसेवा प्रदायक कम्पनीहरु पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्याकेज घोषणा गर्न व्यस्त छन् ।
प्याकेजमा तीव्र प्रतिस्पर्धा
नीजि क्षेत्रका बुद्ध एयर र यती एयरलाइन्सबीच आन्तरिक गन्तव्यमा उडान सुरु भएपछि प्याकेज सार्वजनिक गर्ने होडबाजी नै चलेको छ ।
एयरलाइन्सले पर्यटकीय गन्तव्यको प्याकेज बनाएर बिक्रि गर्न थालेपछि गन्तव्यका होटल व्यवसायी पनि उत्साहित देखिएका छन् । चितवन, सौराहा र पोखराका होटल व्यवसायीले एयरलाइन्सको प्याकेजलाई सकारात्मक रुपमा लिएका छन् । एयरलाइन्सले पनि होटल, ट्राभल, ट्रेकिङ कम्पनीसँग मिलेरै तत्काललाई चलायमान बनाउन सस्तो मूल्यमा प्याकेज ल्याईरहेका छन् ।
कुन कम्पनीका कस्ता प्याकेज :
बुद्ध एयरले भगिनी संस्था बुद्ध होलिडेजमार्फत ‘होलिडे प्याकेज’ सार्वजनिक गरेको छ । यो प्याकेज अन्तर्गत बुद्धले आकर्षक पोखरा र रमाइलो चितवन भनेर घुमघामको योजना ल्याएको छ ।
दुई दिन तीन रात (टू डेज थ्री नाइट) को पोखरा भ्रमणको लागि बुद्धले ५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । सोही अवधिको चितवनका लागि भने ७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यसभित्र आउने जाने दुई तर्फकै हवाई टिकट, होटेलको बसाइ, बिहानको खाजा सुविधा समावेश रहेको बुद्धले जनाएको छ । चितवनको प्याकेजमा भने सौराहाका होटलमा पर्यटकलाई राखिने छ ।
यती एयरलाइन्सले पनि आफ्नो २२औँ वार्षिकोत्सवका अवसर पारेर विभिन्न गन्तव्यको लागि भ्रमणको प्याकेज सार्वजनिक गरेको छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले अक्टूबर २०२० बाट लागू हुने गरी प्याकेज सार्वजनिक गरिएको बताए ।
यतीले पोखरा, एभरेष्ट ट्रेल, घान्द्रुक, मुक्तिनाथ, चितवन सौराहा र मुगुको रारालाई लक्षित गरेर प्याकेज बनाईएको उनले बताएका छन् । यी बाहेक कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र शंखुवासभाको तुम्लिङटारका लागि पनि प्याकेज ल्याईएको जनाएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
१ महिना अगाडि
१ महिना अगाडि
३ वर्ष अगाडि