४ सय ८८ प्रहरी निरीक्षकको सरुवा

४ सय ८८ प्रहरी निरीक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुमा जानुका देवी खरेलको सरुवा भएको छ भने साँखुका इन्सपेक्टर गोविन्द पन्थीको मानब बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ ।

इलाका प्रहरी कार्यालय बृत्ता, पर्सामा राजेश राज पुरीको सरुवा भएको छ । यसअघि पुरी प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा थिए ।

यसैगरी इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय, पटेर्बा, पर्सामा रामकाजी थापालाई पठाइएको छ ।

त्यस्तै चितवनको वडा प्रहरी कार्यालय नारायणगढमा रघु सिंह बिष्ट को सरुवा भएको छ । नारायणगढका इन्सपेक्टर रवीनबाबु रेग्मीलाई महानिरीक्षकको कार्यालय पठाइएको छ ।

नामवली हेर्न यहाँ क्लिक गर्नुहोस्

[email-subscribers-form id="2"]
TOP