त्रिशूली नदीमा पेट्रोल ट्यांकर खस्यो

त्रिशूली नदीमा पेट्रोल ट्यांकर खस्यो

४ असोज, काठमाडौं । त्रिशूली पेट्रोल बोकेको एक ट्यांकर नदीमा खसेर आगलागी भएको छ ।

ना ४ ख २८२२ नम्बरको काठमाडौंतर्फ आइरहेको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ ।

नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

[email-subscribers-form id="2"]
TOP