लिखुतामाकोशी पालिकाको सडक मर्मतमा अध्यक्षको लापरबाही, नागरिक मारमा

लिखुतामाकोशी पालिकाको सडक मर्मतमा अध्यक्षको लापरबाही, नागरिक मारमा

रामेछापको लिखुतामाकोशी गाउँपालिका अन्तर्गतको सडक मर्मत समयमै नहुँदा नागरिक मारमा परेका छन् ।
बाढि पहिरोका कारण कच्चि सडकहरु भत्कदा लिखुतामाकोशी पालिकाको विभिन्न स्थानमा भत्किएका सडक मर्मतमा आर्थिक घोटला हुँदा काम राम्रोसँग हुन नसकेको र त्यसको दोषी पालिका अध्यक्ष रहेको नेकपाकै पालिका प्रतिनिधिहरुको गुनासो छ ।
लिखु तामाकोशी गाउँपालिकाभित्रका कच्चि सडकहरु पहिरो र ढिस्कोहरु भत्किएर विग्रीएपछि मर्मतका लागि बजेट नछुट्याइएको हैन । तर बजेट पचाउने काम मात्र भयो । सडक मर्मतका नाममा आँखामा छारो हाल्ने काम मात्र गरिएको छ । खडक खत्तम छ । यसका कारण आवातजावत र ढुवानीका कामसमेत प्रभावित भएको नेकपा एक गाउँपालिकाका प्रतिनिधिले गुनासो गर्दै भने ।

नेकपाका एक जिल्ला नेताकाअनुसार सडक समस्याका कारण लिखुक्षेत्रमा निर्माणाधिन हाइड्रोपावरको काममासमेत असर पुगेको छ । बढीपहिरोले बिग्रिएका सडक मर्मतमा पालिका अध्यक्षले आफ्नो फेबरको समिति बनाउने, समितलाई सहि गर्न लगाएर अध्यक्षले चेक लिएर हिड्ने गर्दा काम राम्रोसँग हुन नसकेको हो ।
लिखुतामाकोशी गाउँपालिकाको नागदह, बिजुलिकोटको ३ र ४ नम्बर वडा र सैपुक्षेत्रका ग्रामिण खतमगरी विग्रीएका छन् ।

[email-subscribers-form id="2"]
TOP