नेकपाद्वारा २९ नम्बर वडामा राहत विरतण

नेकपाद्वारा २९ नम्बर वडामा राहत विरतण

काठमाडौं । कोरोनाको महामारी निरन्तर बढ्दै गएपछि लकडाउन थपिएको छ र आम नागरिक यसको सास्ती खेप्न बाध्य छन् । विशेषगरी शहरी क्षेत्रमा रहेका मजदुरहरु खाद्यन्नको संकट भोगिरहेका छन् । कोही भोकै मर्न नमरोस भनेर राजधानीका विभिन्न स्थानमा निशुल्क खानेकुरा खुवाउने तथा खाद्यान्न वितरण गर्ने काम विभिन्न तहबाट भइरहेको पनि छ ।

यसैक्रममा काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको डिल्लीबजार, घट्टेकुलो क्षेत्रमा राहत वितरण गरिएको हो । यस वडामा रहेका नेकपाका नेता कार्यकर्ताले सकेको पैसा संकलन गरेर खाद्यसंकटमा परेका परिवारहरुलाई विशेषा गरी ज्यालादारी मजदुर, अपांग परिवारलाई राहत वितरण गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र १ का इन्चार्ज अनिल शर्मा, सांसद गणेश दुलाल र अन्य नेकपाका सदस्यहरुले व्यत्तिगत रुपमा आर्थिक जुटाएर राहत वितरण शुरु गरिएको छ । यो अभियान निरन्तर जारी राख्ने बताएको छ । साथै खाद्य समस्यामा परेका परिवारलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

[email-subscribers-form id="2"]
TOP