
काठमाडौं । थारुहट थारुवान राष्ट्रिय मोर्चाले नेपालको भूमि लिपूलेकमा भारतले एकतर्फि सडक विस्तार गरेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । मोर्चाले नेपालको सावैभौमिक भौगोलिक अखण्डतामाथि भारत सरकारको नांगो हस्तक्षेपप्रति सरकार वेखवर भएको भन्दै आपत्ति जनाएको छ ।
नेपालकोजाने सार्वभौमिक भौगोलिक अखण्डताभित्र दार्चुाला जिल्लामा पर्ने नेपाली भूमिलाई अतिक्रमण गरी गुञ्जीदेखि कालापानी लिपुलेक, नाभोढाङ हुँदै चोनको तिब्वतमा रहेको धार्मिक स्थल मानसरोबर जाने सडकमार्ग भारतले निर्माण गरी त्यहाँका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेको विषय आमसंचारमा आइसकेको अवस्थामा पनि नेपाल सरकार, रक्षा, गृह, भूमि व्यवस्था मन्त्रालय, संसद, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति गैरजिम्मेवारीका साथ बेखबर भई सबेको अवस्थाप्रति थरुहट थारुवान राष्ट्रिय मोर्चाको गम्भिर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ ।
विज्ञेप्तिकाे पूर्णपाठ:
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि