
चौतर्फी असफल नेकपा सरकार
जनतालाई निरन्तर लक डाउन को उपहार
.…………………………
गठन भएदेखि ठूलाठूला डिङ्ग हाक्ने ओली सरकार, सुनकाण्ड, बलात्कार काण्ड्, वाइडबडी काण्ड, बहत्तर करोड काण्ड, महामारी जास्तो कठिन अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार काण्ड आदि इत्यादि काण्डै काण्डमा चुर्लुम्म डुबेको छ । करिब जनताले दुई तिहाई मत दिएको सरकारले राज्य सञ्चालन गर्ने सामान्य कार्य बाहेक जनताको जनजीविकाको लागि स्थाइ रोजगार सिर्जनाको एक पित्को कार्य पनि गर्न सकेको छैन ।
अहिले संसारभरि माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) रोकथाम तथा नियन्त्रणमा पनि यो सरकार पूर्ण रुपमा असफल भएको छ । यो कोरोना भाइरस ब्यक्तिबाट ब्यक्तिमा सर्ने हो । भाइरस चाइनाबाट सर्दै आएकाले देशभित्र अन्य देशबाट मानिसहरुो आवागमन गर्न नदिन लक डाउन गरेर सुरक्षित रहने बिधि प्रायः संसारभरि नै अपनाइएको छ । नेपाल सरकारले पनि गत २०७६ चैत्र ११ बाट लगातार लक डाउन गरेको छ । यो ४५–४६ दिन सम्ममा तेस्रो मुलुकबाट आउनेको पहिचान ट्रेसिङ सकिएको छ ।
नेपाल अब करिब कोरोनामुक्त छ तर पछिल्लो समय जती पनि झापा, मोरङ, उदयपुर, नेपालगन्ज, बाँके, कपिलबस्तुलागाएतका स्थानमा कोरोना सङ्क्रमित भेटिएको छ । ती सबै सरकारले लक डाउन घोषणा गरे पछि भारतबाट नेपाल प्रबेस गरेकाहरु हुन् भन्ने प्रमानिणित भएको छ । अझ कपिलबस्तुमा बैशाख २५ गते भेटिएको कोरोना सङ्क्रमित त ४ दिन अघि दिल्लीबाट नेपाल छिरेको पत्ता लागेको छ । उनिहरुसँग अन्य पनि रहेको खुलेको छ । यसरी आफ्नो सिमाना पनि सुरक्षित गर्न नसक्ने नालायक सरकार, पूर्ण असफल भएको प्रमाणित हुन्छ । देशभित्र कोरोना छैन । लक डाउनपछि भेटिएका कोरोना संक्रमित भारत मै संक्रमित भएर आएकाहरु हुन् । यसरी भारतीय सिमाना सुरक्षित गर्न नसक्ने अनी जनतालाई लक डाउनको नाममा अनन्त घरमा बन्दी बनाएर राख्ने । भारत विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश हो ।
भारतमा अहिले करिब एक अर्ब तीस करोड जनसंख्या छ, बिहारमा मात्र करिब १२ करोडको जनसंख्या छ । अहिले भारतमा तीब्र रुपमा कोरोना संक्रमन फैलिरहेको छ । सीमाना सिल (बन्द) गर्न यसै गरी नसक्ने हो भने नेपालमा लक डाउन बर्षौ गर्न पर्ने हुन सक्दछ । अर्को तर्फ कोरोन परिक्षण किटको अभाव भएको सुनिएको छ । पुर्ती गरेर ब्यापक परिक्षण बढाएर भारतीय सीमामा पूर्ण सिल गरी नेपालको लक डाउन क्रमस हटाउँदै जान जरुरी छ ।
यसरी सरकारको कम्जोरीले जनताले अनन्त दुःख पाउनु किमार्थ न्यायोचित हुन्न सरकारको कुर्सीमा बस्ने जनताको साधारण छोराछोरीहरुको बेलैमा चेत आओस । जय खम्बुवान ।
…………………
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
केन्द्रिय समिती
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
४ महिना अगाडि
४ महिना अगाडि
३ वर्ष अगाडि