कांग्रेस निकट भिरपानी काठमाडौं -सम्पर्क समितिद्वारा राहात वितरण

कांग्रेस निकट भिरपानी काठमाडौं -सम्पर्क समितिद्वारा राहात वितरण


काठमाडौं । नेपाली कांग्रेस रामेपाछ, भिरपानी-काठमाडौं सम्पर्क समितिले लकडाउनका कारण राजधानीमा समस्यामा परेका भिरपानी बासीका लागि राहात संकलन र वितरण शुरु गरेको छ ।

नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठले रामेछाप जिल्ला, खाडदेवि गाउँपालिका ३ भिरपानीबाट विभिन्न उदेश्यसहित काठमाण्डौ बस्दै आउनुभएका विधार्थी र मजदुरहरुलाई केन्द्रीत गरेर राहात वितरण शुरु गरिएको जानकारी दिए ।

पूर्वनेविसंघ केन्द्रीय सदस्य बिष्णु श्रेष्ठले लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नलगायतका सामग्री वितरण गर्ने कार्य जारी रहने बताए ।

त्यसैगरी रामेछाप-काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारले यो अभियानमा सबै भिरपानीबासीलाई सहभागी भइदिन अपिल गरेका छन् ।