हेम एण्ड मायाको सहयोगमा जनक्रान्ति र जनआन्दोलनका घाइतेले पाए राहत

हेम एण्ड मायाको सहयोगमा जनक्रान्ति र जनआन्दोलनका घाइतेले पाए राहत

काठमाडौं । जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि हेम एण्ड माया फाउण्डेसनको सहयोगनमा राहात सहयोग तथा वितरण गरिएको छ । राजधानीका विभिन्न स्थानमा पुगेर कोरोना महामारीका कारण गरिएको लकडाउनले समस्यामा पर्नुभएका घाइते तथा अपाङ्गहरुलाई चामल र दाललगायतका खाद्यसामग्री वितरण गरिएको हो ।

बैशाख १५ गते हेम एण्ड माया फाउन्डेसनले काठममडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा राहत वितरण गरेको थियो।


जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुलाई केन्द्रित गरेर संचालन गरिएको राहत वितरण कार्यक्रम हेम एण्ड माया फाउन्डेशन्का बोषाध्यक्ष जमुना राईद्वारा संचालन गरिएको थियो । त्यसको विशेष व्यवस्थापन जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठनका महासचिव भक्तराज थापाले गर्नुभएको थियो ।

राजधानिको विभिन्न स्थानमा संचालित राहत वितरण कार्यक्रममा पूर्वपर्यटन मन्त्री माननीय श्री कृपाशुर शेर्पा र पूर्वभौतिक योजना तथा निर्माण राज्य मन्त्री पदम राईले विशेष साथ र सहयोग गर्नुभएको थियो । यो अभाव र अनिष्टको घडीमा राहत पाउँदा पीडित घाइतेहरुको अनुहारमा एकै पटक खुशी र भावुकताका तरंग मडारिएको भाव विह्वल क्षण पनि स्पष्ट देखिएको थियो ।

यो वेला सबैभन्दा मारमा घाइते र अपांग साथीहरु पर्नुभएको छ । राज्य अजग्गै उहाँहरुका लागि कुनै व्यवस्था गरिदिएको भए निकै सहज हुन्थ्यो । त्यस्तो पनि भएन । म आफै पनि वर्तमान व्यवस्था ल्याउने आन्दोलनमा होमिने क्रममा घाइते भएँ । हेम र माया थापाको जाडिले ठूलो मन गरेर सहयोग गरिदिनु भयो । उहाँहरुको सहयोगले घाइते साथीहरु निकै खुसी हुनुभएको छ । म उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठनका महासचिव भक्तराज थापाले भन्नुभयो ।

राहात जोरपाटी, चाबहिल, भिमसेनगोला, बानेश्वर, सहिदगेट, कुलेस्वर, कलङ्की, किर्तिपुर, थर्सिखेल, बालकुमारी, जडिबुटी, सनसिटी, भक्तपुरको सल्लाघारीमा ६० बोरा चामल, ६० कि दाल, ६० कि नुन वितरण गरियो गरिएको थियो ।