सहिदपरिवारद्वारा खन्डागार्मेन्टमा रहेका मजदुर परिवारलाई राहत सहयोग

सहिदपरिवारद्वारा खन्डागार्मेन्टमा रहेका मजदुर परिवारलाई राहत सहयोग


नेत्रकुमार श्रेष्ठ निराजनले सहादत प्राप्त गर्नुभएको पनि १७ वर्ष पुरा भएको छ । हजारौं सहिदका बलिदानबाट देशले लोकतान्त्रिक गणतन्त्र पाएको छ । २०५९, बैशाल १३ का दिन रामेछापको चुचुरेमा तत्कालिन शाही सेनाले निराजन बसिरहेको घर घेरा हालेर कब्जा गरी उहाँको हत्या गरेको थियो ।

सहिद निराजनको जीवनसाथी लक्ष्मी गुरुङ बलिदान र प्रमेको निशानी एक छोरा र एक छोरीको अभिवाक बन्दै राजनीतिमै हुनुहुन्छ । जनयुद्धमा धेरैले धेरै कुरा गुमाएको छ । उहाँले आफ्नो जीवनसाथीलाई परिवर्तनको खातिर गुमानुपर्यो । सहिद निराजन भौतिक रुपमा हुनुहुन्छ । तर सम्झना हृदयभरी छ । बलिदान र प्रेमको निसानीका रुपमा एक छोरी र एक छारा छन् । आजैको दिन बैशाख १३ गते कमरेड निराजन तानाशाही साशनको विरुद्धमा लड्दालड्दै सहिद बन्नुभएको थियो । उहाँको सम्झनामा ललितपुरको खन्ना गार्मेन्टमा बस्दै आउनुभएका सहिद परिवार, अपाङ्ग, मजदुर र जनकलाकाकारका ३५ परिवारहरु, जो लकडाउनका कारण थप समस्यामा परेका छन्, सहिद निराजनको सम्झनामा केही खाद्यसामग्री सहयोग उहाँहरुले गर्नुभएकाे छ ।

संविधानसभाका सदस्यसमेत रहनुभएका गुरुङले खन्डागार्मेन्टमा मजदुरसाथीहरुसँग केही खाद्यन्न सामग्री सहयोग गर्ने क्रममा राख्नुभएको मन्तव्यको सम्पादित अंशः


इतिहासमा धेरै त्याग तपस्या गरेर आउनुभएका साथिहरु यस खण्डा गार्मेन्टमा हुनुहुन्छ । हामीले धेरै पटक तपाईहरुको समस्याहरुबारे सम्बन्धित निकायमा कुरा उठाउँदै आएका पनि छौं । हल होला भन्ने आशा अपेक्षा पनि गरेका छौं । अरु साथिहरुले के गर्नुहुन्छ थाहा छैन, तर हामीले मिठो खाइरहदा, राम्रो लाइरहदा म हरेक समय खन्डागार्मेन्टमा बस्दै आउनुभएको तपाई साथीहरुलाई सम्झन्छु । यो लकडाउनको बेला छ । आज बैशाख १३ गते यो देशको आमूल परिवर्तनका लागि मैले आफ्नो परिवारबाट सदस्य गुमाएको दिन हो । मेरो श्रीमानलाई मैले गुमाएको दिन हो आज । हरेक वर्ष मैले आफ्नो श्रीमानको सम्झनामा कही कतै सकेको सहयोग गर्दै आएको थिए । यो पटक मेरो छोरी सिसन श्रेष्ठले मैले पढ्नका लागि, पुस्तक किन्नका लागि बचाएर राखेको केही पैसा छ, ममिले पनि केही थप्नुस कतै बाबाको सम्झनामा सहयोग गरौं भनेपछि मैले तपाईहरुलाई नै सम्झे । यस्तो वेलामा साथीहरु कसरी बस्नुभएको होला भन्ने लाग्यो ।

आजको दिन कोरोनाले देश विदेशका मानिसहरु आतंकित छन्, हामीहरु घरमै बसेका छौं । यसरी सहभागि हुँदा पनि हामीलाई डर लागिरहेको छ के हुन्छ भनेर । तपाईहरु सबैलाई र देशविदेशमा रहनुभएका सबै नेपालीहरुलाई कोरोनाविरुद्ध लड्ने आत्मबल पैदा होस् भन्ने कामना गर्दछु । यो दुखको समयमा हामीले तपाईहरुलाई दिन त त्यस्तो ठूलो केही सक्दैनौं तर पनि हामीले सम्झेका छौं । हिजका दिनमा सम्झेका थियौं र भोलीका दिनमा पनि सम्झने छौं । आज पनि हामीले सम्झेर तपाईहरुका लागि केही सामग्री हामीले ल्याएका छौं । तपाईहरुले यो स्वीकार गरिदिनुहोला ।
सहिदहरुलाई वर्ष वर्ष दिनमा, जुन मितिमा सहादत भएको छ त्यही दिनमा सम्झने परिपाटी छ । त्यसमा पनि परिवारका सदस्यले मात्रै सम्झने परिपाटी छ । पार्टी सम्झ्यो कि सम्झेन भन्दा पनि हामीले सम्झने हो । हामी पनि पार्टी हो । मनमा जेजे भएपनि तपाईहरु जस्तै सहयोद्धाहरुका कारण मलाई पनि हासेर हिड्ने प्रेरणा मिल्दछ ।

[email-subscribers-form id="2"]
TOP