सरकारसँग सांसदहरुको माग: बाटो र सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको तत्काल उद्दार हाेस्

सरकारसँग सांसदहरुको माग: बाटो र सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको तत्काल उद्दार हाेस्

काठमाडौं । घर फर्कने क्रममा बाटामा र नेपाल भारको सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुको तत्कल व्यवस्थापन गर्न केही सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको छ । खानेकुराको अभावले मजदुरहरु पैदल हिडेर घरफर्कन थालेको र उनीहरुको विचल्ली डरलाग्दो बन्दै जाँदा पनि सरकारले उद्दार नगरेपछि सांसदहरुले सरकारसँग तत्काल उनीहरुको उद्दार गर्न माग गरेका हुन् ।

“बाटामा अलपत्र परेका नागरिकको तत्काल उद्दार गर्नुपर्यो । मजदुरहरुका लागि राहातको उचित व्यवस्थापन गर्नुपर्यो । सरकारले राहात त दिइरहेको छ तर अनियमिता र अपुग भयो भन्ने आइरहेको छ । त्ययसको अनुगमन पनि गर्नुपर्यो । अनुगमनका लागि हामी पनि तयार छौं । राहात कस्ले पाए कस्ले पाइनन् भन्ने अनुगमन तत्काल गर्न जरुरी छ ।” नेकपाका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले भन्नुभयो, “सीमानामा अलपत्र परेका नेपालीहरुलाई आफ्नै देश ल्याएर क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने र परिक्षण नेगेटिभ आउनेलाई घर पठाउने गरी व्यवस्था गर्न पर्यो । बाहिर हुँदा राम्रो भएन । हामी केहि सांसदहरुले यीनै विषयमा छलफल गरेर प्रधानमन्त्रीलाई पत्र लेखेका छौं र उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटेर पत्र बुजएका छौं ।”

संसाद पौडेलका अनुसार सांसद विकास कोष स्थानीय विकास पूर्वाधार कार्यक्रम भएकाले यो कार्यान्वयनमा गइसेको छ । यसको कार्यान्वयन पनि सांसदहरुले नभै स्थानीय सरकाले नै गर्ने गर्छ । यसको खारेजीको कुरा आइरहेको छ । सरकारले कोरोना महामारीको व्यवस्थापन गर्न समस्या भयोभने नीति बनएर छलफल गर्नुपर्छ । त्यसका लागि हामी सांसदहरु तयार छौं । यो कार्यान्वयनमा गइसकेको हुनाले बीचमा काट्नु हुन्न, पौडेलको भनाइ छ ।

[email-subscribers-form id="2"]
TOP