
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत १६ नम्बर वडाले एक सातादेखि राहत वितरण शुरु गरेको छ । म्हेपी मन्दिर, सोह्रखुट्टे गणेश मन्दिरस्थित नयाँबजारको जुडो हलमा समजसेवी, १६ वडा सदस्य तथा कुमारी युवा क्लबका अध्यक्ष जीवन मानन्धरको संयोजकत्वमा आजमात्रै ५०० परिवारलाई राहात वितरण गरिएको हो । याेभन्दा अघि आठसय परिवारले राहात वितरण गरिसकिएकाे छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन शुरु गरेसँगै दैनिक ज्यादारी मजदुहरुको दैनिकी सहज बनाउन सरकारले देशव्यापी राहत वितरण गरिरहेको छ । समाजसेवी मानन्धर एक सातादेखि आफ्नो वडाभरी सबैको समस्या बुझ्दै हिडेका छन् । विभिन्न संघसंस्थाले गरेको सहयोगसमेत वडाले संकलन गरेर राहत वितरण गरिएको छ । चैत २४ गते मात्र ५०० सय परिवारलाई राहात वितरण गरिएको र अझै समस्यामा परेका श्रमिक परिवारहरु सम्पर्कमा आएकाले पुनः केही दिनमा बाँकी परिवारलाई पनि राहत वितरण गर्ने तयारी गरिएकाे मानन्धरले बताए ।
राहत वितरण गर्दै चलचित्रकर्मी नागे ढंगाेल
‘यो विश्व नै समस्यामा परेको समय हो । यस्तो समयमा सबैले सरकारको नियम पालना गरिदिनुहोला । सारै नै समस्या भयो, खाना खाने नै समस्या भयो भने हामी जस्तो सुकै अवस्थामा पनि सहयोग नर्ग तयार छौं । तर यो वेला आनुसासनमा बसिदिनु हाेला । याे आफ्नै लागि हाे । अलिअलि दुख व्यहोरर भएपनि अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनु होला । म सबैमा विनम्र अनुरोध गर्दछु । मानन्धरले भन्नुभयो ।
राहतका लागि सबै सामग्रीको प्याकिङमा नयाँ बजारको मिनिमार्केट र कुमारी क्लबले निःशुल्क सहयोग गरेको छ । नयाँ बजारका बासिन्दा, बरिष्ट कलाकलार तथा चलचित्रकर्मी नागे ढंगोलको राहत वितरण तथा संकलनमा अहोरात्र खटेका छन् साथै राहत सहयोग पनि गरेका छन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरु अहिलेसम्म ७० हजार नाघिसकेको छ । यो बढ्दो छ । १२ लाख ८८ हजार मानिसमा यो रोगको संक्रमण भएको छ भने यो अझै नियन्त्रण आउन सकेको छैन् । नेपालमासमेत नौ जनामा यो रोग संक्रमण भएको पत्ता गालेको छ । त्यसकारण पनि सबै सचेत हुन जरुरी छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि