
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्रीको ७० करोड कमिसनको डिल गरिएको अडियो सार्वजनिक भएसँगै सरकारमाथि नै गम्भिर प्रश्न उठेको छ । मन्त्री बाँस्कोटाले अडियोमा बोलेको शब्द सार्वजनिक रुपमा सुन्न सकिने स्तरकोसमेत छैन । पत्रकारलाई सभ्यता सिकाउने मन्त्री बाँस्कोटाको असभ्यताले देशकै इज्जतमाथि दाग लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने नाराकै खिसिटिउरी हुने गरी प्रम ओलीको अत्यन्तै निकट मानिने बाँस्कोटाको कमिसन प्रकरणको अडियो बाहिरिएको छ । यो घटनाले सबैमा के परेको छ भने, बाहिर नआएको यस्ता घटना कति होलान । प्रश्न गम्भिर रुपमा उठेको छ ।
बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीच छदफल भएको छ । छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् ।
सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएर राजीनामा दिन लगाउने तयारी रहेको स्रोतले बताएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।
प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका थिए ।
्यो घटना बाहिर आएपछि बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताएका छन् ।
सोही विषयलाई लिएर उनले आन्दोलन र दललाई धोका नदिने भन्दै यस्तो बोलेका थिए, ‘यहाँ ६० करोडको कुरा छ होइन ? जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ ।’
उनले यति धेरै प्रष्ट हुनेगरी अडियो बाहिरीदा पनि आरोपहरुको पुष्टि हुन नसक्ने दावी समेत गरेका छन् । ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेक लाग्न सक्छन् । उहाँले ६० करोड भन्नुभयो, उहाँले ३० करोड भन्नुभयो, ३० दिने की ६० दिने त ? १२ अर्वबाट घटेर करोडमा आएपछि किन चिन्ता गर्ने ? तर म माथि कुनै आरोप लाग्यो भने, मैले पुष्टि गर्नसक्नुपर्छ’, आफुमाथि लागेको आरोपबारे उनले खुलाए । उनले नेकपाको खास चरित्र भ्रष्टाचारविरुद्ध भएको भन्दै पार्टीले यसलाई अस्वीकार नै गर्दै आएको दावी पनि गरे ।
उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको दावी समेत गरे । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला’, उनले भने कुन निकायबाट मैले सशुद्धताको प्रमाणपत्र लिनुपर्यो कुरा त्यही हो ।’
उनको यो भनाइबाट आफु अझै शुद्ध रहेका दावी पेश गरेका छन् । आरोप लागेर हुँदैन, पुष्टि हुनुपर्छ भनेर उल्टै मन्त्रीज्युले चुनौति दिएका छन । तर यो भन्दा पुष्टि के हुनुपर्छ मन्त्री ज्यु ?
यो घटनाबाट खुट्टा कमाएर हिड्नुपर्ने केहि छैन् । खाएको मात्र विष दाग्छ । नखाएको लाग्दैन होला नि त । हामी ठिक बाटोमा हिडेका छौं । मन्त्री बाँस्कोटाको भनाइँमा कुनै ग्लानी देखिदैन । उनको कर्मले वास्तवमा लाज पनि लज्जित भएको छ । यो डरलाग्दो प्रवृत्ति देखिएको छ । यसले देशलाई कता लैजान्छ ? हरेक नागरिकले सोच्नुपर्ने भएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि