
सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले तीनपिप्ले-गल्छी सडक आयोजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्वता जनाउनुभएको छ ।
नुवाकोटको बन्चरेडाँडा-चाउथे सडकको अवलोकनका लागि पुगेका मन्त्री मानन्धरले चीनको केरुङबाट आउने अन्तर्राष्ट्रिय राजमार्गको गल्छिदेखि काठमाडौं उपत्यका भित्रन छोटो दुरी पर्ने गल्छि-चाउथे-तिनपिप्ले-बालाजु सडक निर्माणलाई आफुले प्राथमिकता दिने बताए । उनले आगामी आर्थिक वर्षदेखि यो सडक निर्माणका लागि आवश्यक कार्य आरम्भ गर्ने प्रतिवद्वता समेत जनाएका छन् । धादिङको गल्छिबाई हालको मुख्य राजमार्ग हुँदै थानकोट आइपुग्न कम्तिमा ६० किलोमिटर पार गर्नुपर्दछ । तर, यो मार्ग निर्माण भए करिब १५ किलोमिटर बाटो छोटो हुने छ ।
यस्तै मन्त्री मानन्धरले बन्चरेडाँडास्थित ल्याण्डफिल्डसाईट काठमाडौं जाने बाटोको दुरी पनि ९ किलोमिटर छोटो बनाउने वैकल्पिक मार्ग निर्माण गर्न सकिने जानकारी दिए ।
मन्त्री मानन्धरले उपत्यकाको जनधनत्व कम गर्न र उपत्यका बाहीर पनि व्यवस्थित सहरीकरणका लागि सरकारले विभिन्न प्रयास थालेको बताए । टोखा-छहरे सुरुङ मार्ग निर्माण स्थल छहरेदेखि ढिकुरे-देबीघाट-महादेवफाँट-गल्छीहुँदै तीनपिप्ले निस्कनेगरी उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने चक्रपथ निर्णाणको सम्भाव्यता अध्ययनका लागि आफुले पहल थाल्न लागेको पनि मन्त्री मानन्धरले जानकारी दिए ।
विकासको पहिलो आधारका रुपमा सडक रहेको बताउँदै उच्च गतिका व्यवस्थित सडकसँगै नयाँ सहरहरु निर्माण गर्न सकिने मन्त्री मानन्धरको भनाई छ । मन्त्री मानन्धरले गल्छि(तिनपिप्ले सडकको निर्माणसँगै कोल्पुखोलादेखि चाउथेफाँटसम्म नयाँ सहर बसाउन सकिने बताए । मन्त्री मानन्धरले कोल्पुमा नयाँ सहर निर्माणका लागि पहल थाल्ने पनि बताएका छन् । काठमाडौं उपत्यकाबाट नजिक रहेकाले पनि यो क्षेत्रमा नयाँ सहर निर्माण सम्भव रहेको बताउँदै मन्त्री मानन्धरले सहरीकरणका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नीतिगत निर्णय गरेर अघि बढ्न सकिने बताए । नयाँ सहरका लागि आवश्यक विद्युतिकरण, अस्पताल, विद्यालय, खेलकुद मैदान, पार्क र औद्योगिक विकासका लागि पनि एकिकृत रुपमा पहल थालिनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले पुर्वाधार सहितको विकास गर्ने बताए ।
धादिङको नौबिसे र नुवाकोटको छहरेमा निर्माण हुने सुरुङ मार्गका कारण यो क्षेत्रको विकासले गति लिने बताउँदै चीनको केरुङ नाकामार्फत् हुने आर्थिक गतिविधिको प्रत्यक्ष लाभ लिन सकिने मन्त्री मानन्धरको तर्क छ । अबको केही वर्षमा केरुङ-काठमाडौं रेलमार्ग निर्माण हुने बताउँदै मन्त्री मानन्धरले यस क्षेत्रका जनताले बिकासको उच्च लाभ लिनसक्ने बताए ।
तीनपिप्ले-गल्छि सडकलाई प्राथमिकतामा राख्छु: मन्त्री मानन्धर सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधानमन्त्रीको चाहना बमोजिम दिर्घकालिन र दुरागामी विकासका आयोजना निर्माणका लागि वर्तमान सरकारर केन्द्रीत रहेकाले केही समयमा जनताले महसुस गर्नेगरी प्रतिफल देखिने मन्त्री मानन्धरको दाबी छ ।
चाउथे पुगेका मन्त्री मानन्धरले महायज्ञको समापन समारोहमा समेत सहभागिता जनाए ।
कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रकाश लोहनीले ल्याण्डफिल्ड साईट निर्माणका लागि मन्त्री मानन्धरले पहलकदमी लिएकोमा प्रशंसा गर्दै यस अघि भएका प्रतिवद्वता पुरा गराउन पनि आग्रह गरे ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि