
डोल्पाको सदरमुकाम दुनेमा अपाङ्गमैत्री विद्यालयको निर्माण हुने भएको छ । भौतिक एवम् शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त विद्यालय निर्माण गरिन लागिएको हो ।
सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाङ्ग मैत्री मुकुटेस्वर बाल विद्यालय निर्माण हुने भएको छ । हाल अपाङ्गता भएका ३० जना भन्दा बढी बालबालिकाहरु रहेको मुकुटेस्वर सेवा आश्रमको केही समय पहिले डोल्पाबाट प्रतिनिधित्व गर्ने पूर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी, क्लबकी अध्यक्ष सरिता चन्द र नायक संजय खतिवडालगायतले स्थलगत अबलोकन गरे पश्चात बालबालिकाहरुकोलागि ८ कोठे विद्यालय भवन निर्माण हुन भएको हो ।
प्रदेश सरकार र लाइन्स कल्ब अफ न्यू वेभका ३९ जना सदस्यहरुको सहयोगमा ४ कोठा पठनपाठन, २ कोठा बस्न, २ कोठा भान्सा र शौचालयको लागि गरी ८ कोठाको भवन निर्माण हुन लागेको हो । अभिनेता संजय खतिवडा लाइन्स क्लब अफ न्यु वेभको संयोजक समेत रहेका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि