टुँडिखेलमा माघी (फोटोफिचर)

टुँडिखेलमा माघी (फोटोफिचर)

काठमाडौं । राजधानीको टुँडिखेलमा आज भव्य रुपमा माघी संक्रान्ति भनाइएको छ ।

मगर र थारु समुदायको विषेश पर्वको रुपमा माघी मनाउने गर्दछन् भने अन्य समुदायले यो पर्वलाई आआफ्नो साँस्कृतिक मान्यताअनुसार मनाउँछन् । सूर्य कर्कट राशीबाट मकर राशीमा प्रवेश गरेको दिन नयाँ वर्ष, माघी, माघेसंक्रान्ति आदि नाममा विभिन्न समुदायले मनाउने गरेका छन् ।

घरघरमा मनाइने यो पर्व घर छाडेर काठमाडौं आएकाहरुले टुँडिखेलमा भेला भएर मनाए । टुँडिखेलमा एकातिर मगर समुदाय र अर्कातिर थारु समुदायले विशेष कार्यक्रम गरेका थिए । दुबै समुदायका मानिसहरु आआफ्नो परम्परागत पोशाकमा साँस्कृृतिक झाँकी, नाचगान लिएर आएका थिए ।
मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैज्यूलगायतका नाच देखाएका थिए । तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायतका परिकार पनि राखिएको थियो । मगर समुदायको कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री विना मगर पुगेकी थिइन् ।

त्यस्तै थारु समुदायको कार्यक्रममा घाटो, सामा चकेवा, झम्टा लगायतको नाच प्रदर्शन गरिएको थियो । खिचडी, अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघीलगायतका परिकार पनि थारु समुदायको कार्यक्रममा राखिएका थिए ।

त्यस्तै थारु समुदायको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए ।

[email-subscribers-form id="2"]
TOP