प्रदेश ३ राजधानी एकलौटी निर्णय गराउन नेताहरु असफल भएः सांसद खड्का

प्रदेश ३ राजधानी एकलौटी निर्णय गराउन नेताहरु असफल भएः सांसद खड्का


काठमाडौं । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने केन्द्रीय सचिवालयका निर्णय कार्यन्वयन गर्न नेकपा प्रदेशसभा दलले शुक्रबार आफ्ना सांसदलाई ह्वीप लगाउने तयारी गरेको छ । आज बोल्ने सबै जसो सांसदहरुले प्रदेश तीनको राजधानी काभ्रे हुनुपर्छ भन्ने पक्षमा उभिएको सांसद विशाल खड्काले बताए ।

उनका अनुसार आज नै नेकपा संसदीय दलबाट निर्णय गर्ने नेताको चाहना असफल भएको छ । भोली फेरि बैठक डाकिएको छ ।

भोलीको बैठकमा नेकपा नेताहरुले आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ । तर, नेताहरुको ह्वीपलाई नपान्ने असन्तुष्ट सांसदहरुको तयारी छ । बहुमत सांसदहरुले प्रदेशसभामा राजधानीबारे प्रस्ताव दर्ता गर्न पाउनु पर्ने मत राखेका छन् । केन्द्रीय नेताले भने अनुसार एउटामात्र प्रस्ताव दर्ता गराउने र ह्विप लगाउने प्रस्ताव संसदीय दलको बैठकमा पास हुन नसकेको सांसद विशाल खड्काले जानकारी गराए ।

[email-subscribers-form id="2"]
TOP