
काठमाडौँ — सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अंक नाघेको छ । मंगलबार ४४ अंक घटेर २१ सयमुनि झरेको नेप्से बुधबार फेरि २३.८३ अंक बढेर २१११ अंकमा पुगेको हो ।
ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् ।
बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे ।
जानाकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेस्डो र जल्पा लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुण काबेली, गोर्खाज फाइनान्स, नेस्डो लघुवित्त र युनिभर्सल पावर क्रमश अगाडि रहे ।
दिनभर उतारचढावका बाबजुत बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि