पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकियो

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकियो

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तीलाई प्रवेश दिएको बिषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया सकेको छ। संसदीय समितिका सचिव सुरेन्द्र अर्यालले बुधबारदेखि छानबीन प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिए।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले दिएको विवरणमा सिसिटिभी ‍फुटेज प्रष्ट नभएपछि छानबीन समितिले फरेन्सिक विज्ञहरुसँग मंगलबार सोधपुछ गरेको थियो। सिसिटिभी फुटेजबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको आरोप निश्चित गर्न नसकिए पछि समितिले प्रतिवेदन लेखनको प्रक्रिया शुरू गर्न लागेको हो। छानबीन समितिले अब म्याद थपका लागि आग्रह नगर्ने र सदस्यहरुका बीच सहमतिमै प्रतिवेदन लेख्ने निर्णय गरेको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर केही व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको आरोप लागेपछि जनार्दन शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । छानबीन समितिले शर्मा संग पनी साउन ५ मा बयान लिएको थियो र बयानका क्रममा उनले आरोप अस्वीकार गरेका थिए ।

[email-subscribers-form id="2"]
TOP