सर्वोच्च अदालतद्वारा पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न अस्वीकार

सर्वोच्च अदालतद्वारा पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले उनको बैंक खाता सञ्चालनमा लगाएको रोकविरुद्ध शाहले दिएको निवेदनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको सोमबारको संयुक्त इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको नाममा रहेको प्रभु बैंकको खाता फुकुवा गर्न अस्वीकार गरेको हो । उक्त खातामा अमेरिकाबाट आएको चालीस करोड ८० लाख रुपैयाँ फुकुवाका लागि शाहले अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका थिए ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थालेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च पुगेका थिए ।

सोमबार न्यायाधिशद्वयको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।