
रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा खुद बीमशुल्कसंगै नाफा पनि बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद बीमाशूल्क ५८ प्रतिशतले बढेपछि नाफामा पनि सुधार भएको हो।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमाशूलक ५८.१० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्कसँगै नाफा पनि ३८.१८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ७३ हजार रुपैयाँ रहेको कम्पनीको खुद नाफा यस अवधिमा ४ करोड १५ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब २ करोड १७ लाख रुपैयाँ र महावित्ती कोषमा २ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ६३.४८ गुणा रहेको छ।
चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ९१ हजार ८९८ वटा बीमालेख बिक्री गरी ७९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यस अवधिमा कम्पनीले १९१ वटा दाबी वापत १६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४८ वटा दाबी वापत ४३ लाख ४९ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि