अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने

अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका लागि आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले उक्त मुद्दति निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बताइएको छ ।

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै इजीबैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् ।