काठमाडौँ । सानिमा बैंकल चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको केही घण्टापछि नै लाभांश घोषणा गरेसँगै सानिमा बैंक लाभांस घोषणा गर्ने दोस्रो बनेको छ ।
सानिमा बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वनयमा आउनेछ ।
कोभिडका कारण लकडाउन हुँदा अर्थतन्त्र समस्यामा परेको असहज अवस्थामा समेत बैंकहरुले एकपछि अर्को गर्दै दोहोरो अंकको लाभांश घोषणा गरेका हुन् । यसले बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढाउने देखिन्छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि