हेर्न पाइने, तर छुन नपाईने खप्तडका ‘भुईं फूलहरु’

हेर्न पाइने, तर छुन नपाईने खप्तडका ‘भुईं फूलहरु’

डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा यतिवेला ढकमक्क फूल फुलेका छन् । स्थानीयका अनुसार यि भुईं फुलहरु छुन पाईदैन ।

खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

खप्तडमा २२ दह र ३२ पाटन (घाँसे मैदान) रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै यात्रीको थकान मेटिन्छ ।

ghasemaidan

त्रिवेणी धाम, खप्तड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

फूल फुल्ने भएकाले खप्तड घुम्नका लागि साउन र भदौ महीनाको समयमा महत्वपूर्ण मानिन्छ । साउन महीनादेखि ‘भुईं फूल’ फूल्न थाल्छन् भदौका अन्तिमसम्मै फुलिरहन्छन् । खप्तडमा ५४३ जातका यस्ता ‘भुईं फूल’हरु छन् ।

खप्तड क्षेत्रमा ढकमक्क फूलेका यी फूलहरु हेर्न त पाइन्छ तर सबैलाई छुन चाहिं पाइँदैन । यीमध्ये केही फूलहरु विषालु हुन्छन् । यदि फूलमा छोइहालियो भने अमिलो खानेकुराले त्यसको विष काट्छ भन्ने मान्यता छ । त्यसैले यो समय खप्तड जानेहरुले अमिलो कुरा बोकेर लैजाने गर्छन् ।

vuiful

चैत वैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ । मंसिरदेखि फागुनरचैत्रसम्मको समयमा खप्तडमा बाक्लो हिउँ जम्ने गरेका कारण हिउँप्रेमीहरुका लागि उपयुक्त समय मानिन्छ ।

[email-subscribers-form id="2"]
TOP