निर्वाचनबाट पाएको दुई तिहाई मतको प्रयोग गर्न नजानी सत्ताको सिंडीबाट ओर्लीएको नेपाल कम्युनिष्ट पार्टी सर्वोच्च अदालतको फैसला पछि छुट्टीसकेका छन् । फुटको सम्पूर्ण दोष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई थोपार्दे नेकपा एमाले र माओवादी केन्द्र पनि आ- आफ्नो हारको दिपावलीमा मग्न छन् ।
संसद विघटन र हस्ताक्षरसहित नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि सवैभन्दा बढी धराशयी बनेको नेकपा एमालेको अझै चेत खुलीसकेको छैन् ।
यता कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन्।यसले फेरी पनि कम्युनिष्ट पार्टीहरु एउटै खेमामा आउने पो हुन् की भन्ने संकेत दिईरहेका बुझ्न कठिन भने छैन ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार निवाश मै भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई कोटेश्वर निवाशमा भेटेका हुन् ।नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए । त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।
भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय सामान्य छलफल भएको थियो ।
साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए।

एमाले ओली निकट एक स्थाई कमिटी सदस्यका अनुसार अहिले केपी ओली कुनैपनि कम्युनिष्ट पार्टीमा गठजोड गर्न जाने मनस्थीतीमा पुगेका छैनन् । उनि माधव नेपाल विनाको नेकपा एमाले परिकल्पना गरेर हेरीरहेको पनि ति नेताले सुनाए ।अर्कोतिर बरिष्ठ नेता माधव कुमार नेपालपनि केपी ओलीले नेतृत्व गरीरहेको नेकपा एमालेमा मिल्न जाने सम्भावना छैन् ।
माधव नेपाल संबद्ध स्रोतका अनुसार माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लवलगायतका अरु साना बामपन्थी दलहरुसंग एकता गर्न सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको हुन सक्ने विश्लेषण ति नेताले गरेका छन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि